आज देशका कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षासमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
साना खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले उच्च सतर्कता अपनाउन पनि भनिएको छ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी र बागमती प्रदेशका थोरै स्थानहरूका साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।