logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तीन करोडभन्दा बढी ठगेर सुन व्यवसायी फरार


अंकुरण खबर
1.092K
Shares

महँगो ब्याजको प्रलोभन देखाएर बचत संकलन गरेका मोरङ, रंगेलीका सुन व्यापारी पवन कुमार सोनी परिवारसहित फरार भएका छन् । सोनी साउन ६ गते शनिबार रातिदेखि उनका बुबा, दुई जना छोराछोरी र श्रीमतीसहित फरार भएको प्रहरीले जनाएको छ ।

ठगीको यकिन विवरण नआए पनि तीन करोड रुपैयाँभन्दा बढी ठगी भएको प्रहरीले जनाएको छ । व्यवसायी सोनीले बैंक र सहकारीबाट पनि ऋण लिएको सुनेको प्रहरीको भनाइ छ ।

रंगेली नगरपालिका वडा नं ७ स्थित मुख्य बजारमा सोनीले ओम शान्ति ज्वेलर्स सञ्चालन गरिरहेका थिए । सोनी परिवार रंगेलीका पुराना सुन व्यवसायी हुन् । त्यही विश्वासले सर्वसाधारणले करोडौं मूल्य बराबरको सुनचाँदी र नगद जम्मा गरेका थिए ।

सोनीले आफ्नो घर पनि लुम्बिनी बिकास बैंक धितोमा राखेर करोडौं रुपैयाँसम्म ऋण लिएको र केही महिनादेखि ब्याजसमेत नतिरेको पाइएको छ ।