logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

बल प्रयोग गरेर सत्ताधारी नेताले संविधानको उल्लंघन गरे – बाबुराम भट्टराई


अंकुरण खबर
1.469K
Shares

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कोशी प्रदेश सरकार निर्माणमा सत्ताधारी नेताहरूले बल प्रयोग गरेर संविधानको उल्लंघन गरेको बताएका छन्।

शुक्रबार ट्विटमार्फत् कोशी प्रदेश नामकरण स्वीकार गर्न अस्वीकार गर्दै नामकरण ठीक नभएको र त्यसमा पनि जानीजानी केन्द्रका सत्ताधारी नेताले बल प्रयोग गरेर संविधानको ठाडो उल्लंघन गरी सरकार निर्माण गरेको आरोप लगाएका छन्।

उनले नेताहरूले उल्लंघन गरेको संविधानको उल्लंघनलाई सर्वोच्च अदालतले सच्चाएको टिप्पणी गरेका छन्।