logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गृहमन्त्री र अर्थमन्त्रीलाई प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नुपर्छ : सांसद डा. सुनील शर्मा


अंकुरण खबर
1.248K
Shares

नेपाली कांग्रेसका नेता एवं सांसद डा. सुनील शर्माले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले तत्काल राजीनामा नदिए आमरण अनशन बस्ने चेतावनी दिएका छन् ।

उनले भने ‘यहाँ राज्यसत्तामा बसेर लुटपाट मच्चाउने काम भइरहेको छ । गृहमन्त्रीले स्टन्ट मात्र गरेका छन् । सुन तस्करीमा गृहमन्त्री र अर्थमन्त्रीको संलग्नताबिना कसरी यत्रो सुन तस्करी हुन सक्छ । सुन तस्करीको अनुसन्धान प्रक्रिया सहज गराउन उहाँहरुले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ । अर्थमन्त्री र गृहमन्त्रीलाई राजीनामा गराइएन र सुनकाण्डका नाइके पक्राउ परेनन् भने सुनकाण्डमा ठूला दलका सुप्रिम नेता त संलग्न छैनन्, भन्ने ठूलो प्रश्न उठ्छ । सुरुमा म प्रधानमन्त्रीलाई भेटेर अल्टिमेटम दिन्छु, मेरा माग सम्बोधन नभए आमरण अनशन बस्छु,’

अर्थमन्त्री र गभर्नरले प्राइभेट बैंकबाट महिनावारी पैसा उठाएर खाइरहेको आरोप पनि डा. शर्माले लगाए ।