logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप चार जनालाई डेंगु संक्रमण


अंकुरण खबर
1.534K
Shares

चितवनका विभिन्न अस्पतालमा उपचारमा आएका बिरामीमध्ये आठ जनामा डेंगुको संक्रमण देखिएको छ। चालु आर्थिक वर्षको साउन १ देखि १२ गतेसम्म सो संख्यामा डेंगुको संक्रमण देखिएको हो।

स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो चौबीस घन्टामा मात्रै चार जनामा डेंगुको संक्रमण भेटिएको छ।

कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार चालु आवको हालसम्म ८३ जनाको परीक्षण गरिएकामा सो सङ्ख्यामा डेंगुको संक्रमण देखिएको हो। संक्रमितमध्ये पाँच जना जिल्ला बाहिरका र तीन जनाको ठेगाना नखुलेको उनले बताए।