logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता


अंकुरण खबर
1.963K
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल इटाली भ्रमण गरी स्वदेश फर्किएका छन् । शुक्रबार बिहान उनी इटालीको भ्रमण सकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं ओर्लिएका हुन् ।

प्रधानमन्त्री दाहाललाई स्वागत गर्न विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत अन्य मन्त्रीहरूसमेत विमानस्थल पुगेका थिए । प्रधानमन्त्री दाहाललाई विमानस्थलमा नेपाली सेनाको एक टुकडीले विमानस्थलमा सलामी अर्पण गरेको थियो ।

संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल साउन ६ गते इटाली प्रस्थान गरेका थिए ।