logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुन तस्करी गरेको आरोपमा पक्राउ परेकालाई १५ दिन हिरासतमा राख्न अनुमति


अंकुरण खबर
1.625K
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गरी भित्र्याएको आरोपमा पक्राउ परेका १८ जनालाई १५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

उच्च अदालत पाटनले उनीहरूलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

रेडी ट्रेडले हङकङबाट ल्याएको ब्रेक शुमा अन्दाजी ८० देखि १०० सुन भित्र्याएको थियो। उक्त सुन भन्सार जाँच पास भएर छुटेपछि राजश्व अनुसन्‍धान विभागले बरामद गरेको थियो। त्यसयता विभागले १८ जनालाई पक्राउ गरेको हो।

आइतबारमात्रै विभागको टोलीले ठमेलस्थित होटल भियनाका सञ्चालक दावा छिरिङलाई पक्राउ गरेको हो।