दुर्घटना न्यूनीकरणका लागि केही हप्ताअगाडि उपत्यकाका विभिन्न तीन भागमा स्पीड रेकग्निसन क्यामरा अर्थात् अटोमेटिक नम्बर प्लेट रेकग्निसन एएनपीआर क्यामरा जडान गरिएको छ। जडान गरिएको क्यामराबाट अहिले निरीक्षणको काम सुरु गरिएको प्रहरीले जनाएको छ।
“कारबाही उद्देश्य नभएर जनचेतनामार्फत् दुर्घटना न्यूनीकरण गर्नु हाम्रो लक्ष्य हो,” काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले बताए।
काठमाण्डू उपत्यकामा ३० प्रतिशतभन्दा बढी दुर्घटना तीव्र गतिका कारण हुने गरेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाउँछ।