logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भदौ २४ मा एन्फाको विशेष साधारण सभा


अंकुरण खबर
2.327K
Shares

अखिल नेपाल फुटबल संघ (एन्फा) ले विशेष साधारणसभा आगामी भदौ २४ गते गर्ने भएको छ। शुक्रबार राति सम्पन्न कार्यसमिति बैठकले संघको विशेष साधारणसभा भदौ २४ मा गर्ने निर्णय गरेको हो। यस्तै संघको नियमित साधारणसभा भने असोज २९ गते गर्ने निर्णय गरेको छ।

पंकजविक्रम नेम्वाङको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय टोलीमा रहँदा घाइते भएका खेलाडीको सम्पूर्ण खर्च संघले नै बेहोर्ने र राष्ट्रिय टोलीका महिला तथा पुरुषको समान पुरस्कार दिने विषयमा पनि अध्ययन गर्न सचिवालयलाई जिम्मेवारी दिने निर्णय गरेको छ। महिला प्रशिक्षक तथा रेफ्रीको संख्या बढाउन आवश्यक रणनीति बनाउने निर्णय पनि बैठकले गरेको छ।

यसैगरी विधान संशोधनसँगै कर्मचारीको सेवा सुविधा, खरिद र मूल्यांकनका लागि विभिन्न समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।