logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सकिंदै


अंकुरण खबर
1.703K
Shares

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज सक्ने तयारी छ।

पाँच दिनका लागि तय भएको केन्द्रीय कमिटीको आज अन्तिम दिन हो। तर, केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम भने सकिएको छैन।आज सम्भवतः अध्यक्ष प्रचण्डले जवाफ दिएर बैठक सकिने माओवादीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

शनिबारको बैठकमा बलराम बास्कोटा, शिव देउजा, ललित बस्नेत, सावित्रा भुसाल, विरोध खतिवडा, रत्नेश्वर गोहित, रामप्रित पासवानलगायत ११ नेताले आफ्नो धारणा राखेका थिए । आज बाँकी नेताले बोल्नेछन् ।

बैठकमा सहभागी सदस्यहरूले पार्टी रुपान्तरण, आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, युवा सहभागितालगायतका विषय उठाएका छन् ।

यसपटक पदाधिकारीहरूले नै केही असन्तुष्टिसमेत व्यक्त गरेका छन् । उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले आफूहरूलाई गुटको नेताको रुपमा छुट्याएर विकल्प खोजिएको भन्दै गुनासो गरेका छन् । बैठकमा केन्द्रीय समिति सदस्य, वैकल्पिक सदस्य, केन्द्रीय आयोग र प्रदेश पदाधिकारी गरी ७५८ जना सहभागी छन् ।

यसै बैठकबाट माओवादी ले २२ जना केन्द्रीय सदस्य थपेर महिलाको संख्या ३३ प्रतिशत पुर्‍याएको छ ।