logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सय केजी सुन तस्करी अनुसन्धानको जिम्मा अब सिआइबीलाई


अंकुरण खबर
1.534K
Shares

सय केजी सुन तस्करी अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागले नेपाल प्रहरीलाई लगाएको छ ।

अब तस्करीसँग जोडिएका सम्पूर्ण विषयको थप अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गर्नेछ । विभागले आइतबार अनुसन्धानका सम्पूर्ण तथ्य, कागजात र पक्राउ परेर थुनामा रहेका आरोपित, जफत भएका वस्तुहरूसमेत सिआइबीलाई जिम्मा लगाएको हो ।

२ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिरबाट तस्करी भएर आएको सय केजी सुन बरामद गरेयता १९ दिनको अनुसन्धानपछि विभागले सम्पूर्ण फाइल र सबुत सिआइबीलाई जिम्मा लगाएको छ । आफ्नो कानुनी क्षेत्राधिकार रहेको राजस्व चुहावटसहितका सबै विषय प्रहरीलाई जिम्मा लगाएपछि विभाग सुन तस्करीको अनुसन्धानबाट मुक्त भएको छ ।

। संगठित प्रकृति, उच्च तहका व्यक्तिहरूको संलग्नता र अन्तरदेशीय सम्बन्ध खुल्दै गएपछि विभागको सानो जनशक्ति, अनुसन्धान क्षमता र दक्षता, प्रविधिले धान्न कठिन भएको थियो । यसबीचमा विभागले केही प्रहरीको सहयोग लिएर अनुसन्धान अघि बढाए पनि प्रहरी संगठनसँगको संस्थागत समन्वयमा समस्या देखिएको थियो । यसैबीच, बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस प्रकरणको अनुसन्धान प्रहरीलाई दिन निर्देशन दिएका थिए ।