logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गौरीकुन्डको पहिरोमा परेका ३ नेपालीको शव फेला


अंकुरण खबर
1.092K
Shares

भारतको धार्मिकस्थल केदारनाथको प्रस्थान बिन्दु गौरीकुन्डमा गत बिहीबार राति गएको पहिरोमा परेर बेपत्तामध्येका तीन नेपालीको शव भेटिएको छ ।

कालीकोटका प्रकाश कामी, टेकबहादुर विक र देवी विकको शव भेटिएको दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर नेपाल प्रहरीका एसएसपी उमाप्रसाद चतुर्वेदीले बताए । पहिरोमा परेर बेपत्ता नेपालीमध्ये अझै ११ जना फेला परेका छैनन् ।

जुम्ला पातारासी गाउँपालिका घर भएका अमर बोहराले सडक छेवैमा चलाएको होटल पहिरोले बगाउँदा त्यसमा उनको ७ जनाको परिवार तथा त्यहाँ रहेका अन्य नेपाली परेका थिए । पहिरोमा परेर होटल सञ्चालक अमर र उनकी श्रीमती, छोरा पृथ्वी र वकिल, छोरी राधिका र पिंकी हराइरहेका छन् । त्यस्तै पातारासीकै धर्मराज बुढा, चन्द्र कामी, सुखराम रावत र बमबहादुर बोहरा पनि पहिरोमा परेका छन् ।