बागलुङमा दुई महिने नावालकको हत्या गरेको आरोपमा आमाबुबा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय बिरु विक र उनकी पत्नी ३० वर्षीया सबिना विक छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसीका अनुसार यही साउन १८ गते राति विक दम्पतीबीच विवाद हुँदा बालकको मृत्यु भएको थियो।
पतिपत्नीबीच झगडा हुने क्रममा उनीहरुले छोरालाई एकअर्काबाट खोसाखोस र तानातान गरेका थिए। त्यसक्रममा बालक भूँइमा बझारिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो।