logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

क्विन्टल सुन प्रकरणका आरोपी हिरासतमा


अंकुरण खबर
1.183K
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’ मा हालेर ल्याइएको अन्दाजी सय किलो सुन प्रकरणका आरोपीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेको छ । सीआईबीले क्विन्टल सुन प्रकरणका आरोपीलाई हिरासतमा राखेर अनुसन्धान थालेको हो ।

सोमबार आरोपीको म्याद मिलान गरिएको छ । सोमबार काठमाडौँ जिल्ला अदालतबाट पहिलो पटक म्याद मिलान गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले जानकारी दिए ।

म्याद मिलानपछि सोमबारै उनीहरूलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट सीआईबीलाई अनुमति प्राप्त भएको छ । “सोमबार म्याद मिलान गरी सोमबारै सात दिनको म्याद थप गरेर अनुसन्धानका लागि अनुमति प्राप्त भएको छ, अनुसन्धान टोलीले मिसिल अध्ययन गर्दै थप अनुसन्धानको काम अघि बढाउँदै छ”, प्रवक्ता कडायतले भने ।

सीआईबीले प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर सुन तस्करी प्रकरणको अनुसन्धान गर्न टोली गठन गरेको छ ।