logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

कपनको निलो पुल र सामाखुसीको रेडन कलेज क्षेत्र डुबानमा


अंकुरण खबर
1.417K
Shares

अविरल वर्षाको कारण काठमाडौँको कपन स्थित निलो पुल र सामाखुसीको रेडन कलेज आसपासको क्षेत्रमा डुबान भएको छ । काठमाडौँको मुलपानी क्षेत्रका घरहरूमा पनि भल पसेर डुबानमा परेको छ ।

सामाखुसीको रेडन कलेज आसपासका बस्ती, कपनको निलो पुल र मुलपानी क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए । सामाखुसी स्थित प्रहरीको महालक्ष्मी फ्युल सेन्टर आसपासको बस्तीमा पनि पानी पसेको छ ।

सचेतनाका लागी बागमती र मनोहरा खोला आसपासको क्षेत्रमा नियमित पट्रोलिङ गर्न र माइकिङ गर्न निर्देशन गरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीले बताए ।