logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काभ्रेपलाञ्चोकमा पहिरोमा ६ जना पुरिए, १ जनाको उद्धार


अंकुरण खबर
1.352K
Shares

Landslide graphic color mountains landscape sketch illustration vector

अविरल वर्षाको कारण काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकामा पहिरो जाँदा ६ जना पुरिएका छन्।

गएराति काभ्रेको खानीखोला – ५ सिक्रे दोभानमा पहिरोले ६ जना पुरिएको र एक जनाको उद्धार भएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले जानकारी दिए। थिङका अनुसार उद्धार गर्न आफूहरु जान लागेको बताए। खोला बढेकाले स्थानीय त्यसतर्फ जान नसक्दा पहिरोमा परेकाको हालसम्म उद्धार भएको छैन।