logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कैदीबन्दीबीच कुटपिट हुँदा दुईको मृत्यु


अंकुरण खबर
1.17K
Shares

संखुवासभा जिल्ला कारागारमा कैदीबन्दीबीच मंगलबार राति कुटपिट हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नुवाकोट घर भई हाल खाँदवारी–९ का आकाश बलामी र मादी नगरपालिका–५ का विनोद तोलाङी रहेका प्रहरीले जनाएको छ ।

मृतक दुवै जना कारागारबाट राति १ बजे शौचालयको झ्याल फोडी भाग्ने क्रममा उनीहरूलाई कारागार सुरक्षा प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणपछि राति नै कारागार प्रशासनलाई बुझाइएका दुवै जना बुधबार बिहान अर्धचेत अवस्थामा कारागारभित्र भेटिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो ।

अर्धचेत अवस्थामा भेटिएका दुवै जनाको खाँदबारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । झ्याल काटेर भाग्ने क्रममा नियन्त्रणमा लिएका दुवै जनालाई प्रहरीले कारागार प्रशासनलाई पक्राउ गरी बुझाएपछि भाग्न खोज्ने कैदी र अन्य कैदीबन्दीबीच केही बेर कुटाकुट हुँदा उनीहरूको मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।