logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महिनावारी हुँदा गोठमा सुतेकी किशोरीको सर्पले टोकेर मृत्यु


अंकुरण खबर
1.417K
Shares

महिनावारी भएका वेला गोठमा सुतेकी किशोरीको सर्पले टोक्दा मृत्यु भएको छ । बैतडीको पञ्चेश्वर गाउँपालिका– ४ फ्याउली गाउँकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

स्थानीयका अनुसार महिनावारी भएको चौथो दिन मंगलबार राति उनलाई गोठमा सर्पले पाखुरामा टोकेको थियो ।

किशोरीका आफन्तले भने छाउगोठमा नभई घरको माथिल्लो तलामै सर्पले टोकेको दाबी गरेका छन् । घटना सार्वजनिक भएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीलाई उनका आफन्तले किशोरी महिनावारी नभएको र घरको माथिल्लो तलामै सर्प आएर टोकेको सूचना दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

उनले सञ्चारमाध्यममा छाउगोठमा सुत्दा सर्पले टोकेको सूचना आएकाले थप अनुसन्धान भइरहेको बताए ।