logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साइबर सुरक्षाबारे ल्याइयो कडा नीति


अंकुरण खबर
2.145K
Shares

साइबर सुरक्षा क्षेत्रलाई दिशानिर्देश गर्न र सम्बन्धित ऐन/कानुन बनाउन बाटो खोल्न भन्दै लामो समयको रस्साकसीपछि ल्याइएको राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० लाई सरोकारवालाहरूले स्वागत गरेका छन् ।

नीति कन्टेन्ट रेगुलेसन (प्रयोगकर्ताको डिजिटल गतिविधि नियमन)मा बढी जोड दिने नियन्त्रणमुखी भएको पनि उनीहरूको टिप्पणी छ ।

बरु सूचना प्रविधिमा आधारित प्रणालीको सुरक्षा प्रत्याभूतिका विषयसँगै साइबर सुरक्षा दक्षता सबल बनाउने र डिजिटल प्रणालीमा नागरिकको विश्वास बढाउने खालको साइबर नीति हुनुपर्नेमा सरोकारवालाको जोड देखिन्छ ।

इन्टरनेट र सामाजिक सञ्जालमा स्पाम म्यासेज पठाउनेदेखि भ्रामक कुरा लेख्ने, राष्ट्रिय सुरक्षामा आँच पुर्‍याउने, घृणा, द्वेष र अश्लीलता फैलाउने खालका सामग्रीलाई निषेध र नियन्त्रण गर्ने विषय नीतिमा समेटिएको छ । त्यसका लागि सरकारले निरन्तर अनुगमनको व्यवस्थासमेत गर्ने भनिएको छ ।