logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मुक्का प्रहार गर्दा बाबुको मृत्यु


अंकुरण खबर
2.015K
Shares

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ टांगियाबस्तीमा शुक्रबार छोराको मुक्का प्रहारबाट बाबुको मृत्यु भएको छ ।

९० वर्षीय बाबु माइत सिं घलानलाई उनका ६० वर्षीय छोरा दिलबहादुर घलानले घरायसी विवादमा रिसको झोंकमा मुक्का प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

मुक्का प्रहारबाट वृद्धको घटनास्थलमै मृत्यु भएको हो । घटनाको आरोपमा इलाका प्रहरी कार्यालय निजगढले छोरा दिलबहादुरलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता न्यौपानेले बताए ।