logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महानगरपालिकाले पृथ्वीनारायणको प्रतिमा हटाउन लागेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता सडकमा


अंकुरण खबर
2.054K
Shares

पोखरा महानगरपालिकाले पृथ्वीचोकबाट पृथ्वीनारायणको प्रतिमा हटाउन लागेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता सडकमा आएर बसेका छन् ।

शुक्रबार राति राप्रपा गण्डकी प्रदेश अध्यक्ष तथा प्रदेश सभा सदस्य पन्चराम गुरुङसहितका नेता तथा कार्यकर्ता पृथ्वीचोकबाट पृथ्वीनारायणको प्रतिमा हटाउन रोक्ने भन्दै रातको समयमा सडक बसेका हुन् ।

महानगरका मेयर धनराज आचार्यको अध्यक्षता शुक्रबार बसेको सर्वदलीय बैठकले पृथ्वीचोक (लखनचोक)मा नेपालमा प्रथम सहिद लखन थापाको सालिक अगाडि राखिएको राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको तस्बिरलाई हटाई पोखरा महानगरपालिकामा सुरक्षित साथ राख्ने निर्णय गरेको महानगरले बताएको थियो ।

पृथ्वीचोकमा पोहोर साल राखिएको पृथ्वीनारायण शाहको तस्बिरसहितको स्ट्यान्ड बुधबार हटाइएको थियो ।