logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

भ्यानमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


अंकुरण खबर
1.456K
Shares

काठमाण्डौको बसुन्धारामा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

गएराति पौने १ बजे प्रदेश ३ –०२–००६ प ६४०५ नम्बरको मोटरसाइकल बाग्मती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको भ्यानमा ठोक्किँदा मोटरसाइकलका चालक सङ्खुवासभाको मकालु गाउँपालिका-१ का २७ वर्षका दावा दोर्जे शेर्पाको ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि बस्ने १९ वर्षकी डोल्मा शेर्पा घाइते हुनुभएको छ । उहाँको ग्रीनसिटी अस्पताल ‍बसुन्धारामा उपचार भइरहेको छ । भ्यानका चालकलाई प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा राखिएको छ ।