नेपाल आयल निगमले महिनाको दोस्रो हप्ता अर्थात भदौ १५ गतेबाट पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। यसअघि साउन ३१ गते पनि मूल्यवृद्धि गरेको थियो।
भारतीय आयल कर्पोरेशनले भदौ १४ गते पठाएको नयाँ मूल्य सूची अनुसार नेपालमा पनि मूल्य बढेको निगमले जनाएको थियो। पछिल्लो दुईहप्तादेखि निरन्तर रुपमा पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँ बढाइएको छ।
त्यस्तै, खाना पकाउने ग्यास प्रतिसिलिन्डर २३५ रुपैयाँ बढाइएको निगमले जनाएको छ। अब देशभर ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ८९५ रुपैयाँ पुगेको छ। यसअघि एक हजार ६६० रुपैयाँ थियो।