logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पहाडी क्षेत्रमा बिहानैदेखि वर्षा


अंकुरण खबर
1.469K
Shares

गण्डकी र सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको छ ।

मौसमविद् शान्ति कँडेलका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

सुदूरपश्चिममा दिउँसो र राति तथा लुम्बिनीमा राति ठूलो पानी पर्ने मौसमविद् कँडेलले जानकारी दिनुभयो । आज काठमाण्डौसहित पहाडी क्षेत्रमा पनि पानी पर्ने उहाँले बताउनुभयो । देशभरको मौसम आंशिकदेखि सामान्य बदली छ । भोलिको मौसम पनि यस्तै रहने मौसमविद्ले बताएका छन् ।

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।