logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोरक्कोमा भूकम्प जाँदा ​​२ हजारभन्दा बढीको मृत्यु


अंकुरण खबर
2.145K
Shares

मोरक्कोमा शुक्रबार राति शक्तिशाली भूकम्प जाँदा २ हजार १२ जनाको मृत्यु भएको छ भने २ हजार ५१ भन्दा बढी घाइते भएका छन्।

६.८ रेक्टरको भूकम्प गएको हो।

सुरुमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६३२ रहेको बताइएको थियो तर पछि यो संख्या बढ्यो।

मृतकमध्ये आधाभन्दा बढी अल हाज र तारुदान्ट प्रान्तका छन्। यसबाहेक मोरक्कोको ओआरजाजेते, चिचौआ, अजीलाल र युसेफिया प्रान्तका साथै माराकेश, अगादिर र कासाब्लान्का क्षेत्रका मानिसले पनि ज्यान गुमाएका छन्।

स्थानीय सञ्चारमाध्यमले भूकम्पबाट मृत्यु हुनेको संख्यामा उल्लेख्य वृद्धि हुनसक्ने बताएका छन्।