logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाढी–पहिरोबाट ३ राजमार्ग अवरूद्ध


अंकुरण खबर
1.573K
Shares

Landslide graphic color mountains landscape sketch illustration vector

बाढी–पहिरोबाट ३ वटा राष्ट्रिय राजमार्ग अवरूद्ध भएका छन्।

विभिन्न राजमार्ग ५५ स्थानमा एकतर्फीरूपमा सञ्चालनमा रहेको सडक विभागले अद्यावधिक गरेको विवरणमा उल्लेख छ।

विभागले जानकारी दिएअनुसार तानसेन–रिडी–कोरला सडक पहिरोका कारण अवरूद्ध छ।
मनसुनजन्य गतिविधि सुरू भएयता २९ वटा राजमार्गको २ सय ७२ स्थानमा अवरूद्ध भएयता २ सय १४ ठाउँमा दुवैतर्फ सञ्चालनामा आइसकेको छ।

यस वर्षको बाढी–पहिरोले राजमार्गहरूमा ३९ करोड ६६ लाख ५० हजार रूपैयाँ बराबर क्षति पुर्‍याएको विभागले अद्यावधिक गरेको विवरणमा उल्लेख छ।