logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास आजदेखि


अंकुरण खबर
1.716K
Shares

नेपाली र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास आजदेखि शुरु भएको छ ।

संयुक्त सैन्य अभ्यास असोज १२ गतेसम्म भक्तपुरको नगरकोटमा चल्नेछ ।

यो अभ्यासमा नेपाली ३० र अमेरिकी १२ जना गरी ४२ जना सैनिक सहभागी रहेका नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार यो हरेक वर्ष हुने नियमित अभ्यास हो । यसअघि ३९औँ अभ्यास भइसकेको छ ।

संयुक्त अभ्यास मुख्य गरी विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा केन्द्रित हुनेछ । नेपाली सेनासँगको संयुक्त अभ्यासका लागि अमेरिकी सेनाको विशेष फौज गएको बिहीवार काठमाण्डौ आएको हो ।

नेपाली सेनाले अमेरिकाका साथै बेलायत, भारत, चीन, श्रीलङ्का, मङ्गोलिया, बङ्लादेश, इजरायललगायत देशका सेनासँग संयुक्त तालिम र अभ्यास गर्दै आएको छ ।