logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेम्वाङको निधनसँगै अस्पतालमा शीर्ष नेताहरू


अंकुरण खबर
1.638K
Shares

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनसँगै शीर्ष नेताहरू त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

गत राति हृदयाघातबाट निधन भएपछि प्रधानमन्त्री, पार्टी अध्यक्ष, सभामुख लगायत शीर्ष नेताहरू शिक्षण अस्पतालमा पुगेका हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमाले नेताहरू अस्पतालमा रहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे लगायत अस्पतालमा छन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू पनि अस्पतालमा छन् ।

अन्य नेताहरु पनि अस्पताल आउने क्रम जारी छ ।

सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गए राति हृदयाघात भएको थियो ।

उनलाई उपचारका लागि राति १ : ३० बजे अस्पताल त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।