logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने सरकारको निर्णय


अंकुरण खबर
1.989K
Shares

सरकारले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिएको छ ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषद्को बैठकले मृल्यवृद्धि फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिएको हो ।

चाडबाडको मुखमा मृल्यवृद्धि गर्दा सरकारसँग समन्वय नगरेको भन्दै प्रधानमन्त्री दाहाल निगमसँग असन्तुष्ट थिए ।

निगमले शनिबार राति १२ बजेदेखि लागु हुने गरी खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँले  मूल्य बढाएको थियो भने पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँ बढाएको थियो ।

पुरानै मूल्य कायम हुँदा ग्यासको मूल्य प्रतिसिलिसन्डर एक हजार ८९५ रुपैयाँ हुनेछ । काठमाडौंमा पेट्रोल प्रतिलिटर १८३ र डिजेल र मट्टितेलको मूल्य १७३ कायम हुनेछ ।

इन्डियन आयल कर्पोरेसनबाट शनिबार नयाँ खरिद मूल्य आएपछि स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरेको निगमले जनाएको थियो ।