आज (सोमबार) कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।