स्वास्थ्यकर्मीको टोली सहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्र जाजारकोटमा स्थलगत अनुगमन जाने भएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहानैदेखि घाइतेहरूको खोज तथा उद्धारका लागि सबै निकासंग समन्वय गरेर दु्रत गतिमा काम भैरहेको जनाएको छ । साथै उपचारका छिमेकी जिल्ला सुर्खेतबाट मेडिकल टिमसहित ३ हेलिकप्टर परिचालन गरिएको सचिवालयले जनाएको छ ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ बजे गएको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या ७० पुगेको छ। अहिलेसम्म जाजरकोट र रुकुम पश्चिममा गरेर कम्तीमा पनि ७० जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।
रुकुम पश्चिमको आठविसकोटमा एकैघरका ६ जना सहित कम्तीमा १० जनाको मृत्यु भएको छ। अहिलेसम्म कुम पश्चिममा मात्रै २७ जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रुकुम पश्चिमका आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन्। दुई जिल्लामा गरेर सयौँ घाइते भएका छन्। भूकम्पले ठुलो धनजनको क्षति गएको छ ।