logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निगमको जहाजमा प्राविधिक समस्या : नेपालगन्ज जाने यात्रु सिमकोटमै रोकिए


अंकुरण खबर
1.963K
Shares

उड्ने तयारीमा रहेको नेपाल एयरलाइन्सको नाइन एन-एबीयू कलसाइनको जहाजमा समस्या आएका कारण सिमकोटबाट नेपालगञ्ज जाने यात्रु रोकिएका छन् ।

सोमबार बिहान ८बजे नेपालगञ्जबाट सिमकोट आएको जहाज नेपालगञ्जका लागि उड्ने तयारीमा रहेका बेला टेक्निकल समस्या आएकाले उडान रोकिएको नेपाल एयरलाइन्सको सिमकोट शाखाले जनाएको छ।

नेपालगन्जबाट प्राविधिक बोलाइसकिएको र मर्मतपछि उडान हुने नेपाल एयरलाइन्स सिमकोट शाखाका प्रमुख बलराम हमालले बताए जहाज बनाए पछि उड्ने हमालले बताए। जहाज नबनेमा गन्तव्यमा जान नपाएका यात्रुको भाडा फिर्ता गरिने प्रमुख हमालले बताए ।