राजधानीमा आज नेकपा एमाले निकट युवा संघ नेपाल र दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले प्रदर्शन गर्दैछन् ।
माइतीघरमा प्रशासनले निषेधाज्ञा जारी गरेपछि दुवै समूहको कार्यक्रम छुट्टाछुट्टै स्थानमा हुनेछ । प्रशासनले युवा संघलाई तीनकुने र प्रसाईं नेतृत्वको अभियानलाई बल्खुमा कार्यक्रम गर्न अनुमति दिएको छ ।
प्रदर्शनमा कुनै अप्रिय घटना घट्न नदिन र दुई समूहबीचको सम्भावित मुठभेड रोक्नका लागि ७ हजार सुरक्षाकर्मी परिचालनको तयारी गरिएको छ ।
जुलुस आउने बाटो र कार्यक्रम स्थलमा मात्रै मा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् । काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ ।
उपत्यका प्रहरी कार्यालयले डीआईजीको नेतृत्वमा ‘कमाण्ड’ सेन्टर बनाएको छ । प्रहरीले ड्रोनबाट पनि प्रदर्शन स्थलको सुरक्षा निगरानी गर्ने भएको छ ।
बिहीबार ढुक्क भएर दैनिक कार्य गर्नुस्, सुरक्षा व्यवस्था मजबुत बनाएकाछौं : प्रहरी
आजको विरोध प्रदर्शनलाई लिएर सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको छ ।
नेकपा एमालेको भ्रातृ संगठन नेपाल युवा संघ र व्यवसायी दुर्गा प्रसाईंले गर्ने बिरोध कार्यक्रमका लागि सुरक्षा कडा पारिएको काठमाडौं प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले बताएका हुन् । उनले विरोध प्रदर्शनबाट हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरी एकीकृत सुरक्षा योजना तयार पारेको बताए ।
उनले काठमाडौंका ९० भन्दा बढी ठाउँमा सुरक्षा प्रवन्ध गरिसकेको र प्रभावकारी रुपमा सुरक्षा व्यवस्थालाई अघि बढाइएको बताए ।
यस्तो छ एसएसपी खत्रीको भनाइ
विशेष गरेर दुई समूहले फरक फरक ठाउँमा काठमाडौंको तीनकुने र बल्खुमा उहाँहरुसमेतको छलफलबाट जिल्ला सुरक्षा समितिले कार्यक्रम गर्न तोकेको छ । काठमाडौंमा ७ गते के हुन्छ भनेर विभिन्न सूचना र चासो आएको छ । यो विषयमा प्रष्ट्याउनैपर्ने हुन्छ । यी दुई कार्यक्रम मात्रै होइन, नेपाल प्रहरीले यसभन्दा अघि पनि विभिन्न कार्यक्रम हामीले नेपाल प्रहरी लगायत विभिन्न सुरक्षा निकायहरु एकीकृत रुपमा सुरक्षा योजना र अहिलेको काठमाडौंमा हुँदै गरेको बिरोध कार्यक्रम छ, र यसबाट हुनसक्ने सम्भावित सुरक्षा चुनौतिलाई मध्यनजर गरी एकीकृत सुरक्षा योजना र त्यसको परिचालनका लागि हाम्रा जनशक्ति लगायत हामीले यो कार्यक्रमबाट यसका असरहरु के के हुनसक्छन् रु भन्नेकुरालाई मध्यनजर गरी तीन वटै सुरक्षा निकायले एकीकृत सुरक्षा योजना बनाएर त्यसलाई हामीले लागू पनि गरिसकेका छौँ ।
विशेष गरी भोलिको कार्यक्रमलाई मध्यनजर गरी हामीले दुवै स्थानमा हुने कार्यक्रमको लागि समारोहस्थल र सम्भावित मानिसहरु भेला हुने विभिन्न ठाउँबाट र आम सर्वसाधारणको दैनिकीलाई पनि सहजीकरण गर्नको लागि सवारी आवागमनलाई स्मोथ गर्ने, उहाँहरुलाई शाीन्त सुरक्षाको अनुभुति दिलाउने हिसावले हाम्रा विभिन्न हाम्रो काठमाडौंमा सर्कल छ, सर्कल सेक्टरबाट हाम्रो तालुक कार्यालयबाट प्रहरी प्रधान कार्यालय, उपत्यका प्रहरी कार्यालयबाट आएका मद्दतहरुलाई हामीले पूर्ण रुपमा सुरक्षा दिनेगरी हामीले प्रवन्ध गरेका छौँ ।
विरोध कार्यक्रमका लागि उहाँहरुले जुन घोषणा गरेको क्षेत्रहरु छ, उहाँहरुलाई पनि के अनुरोध गर्न चाहन्छु भने नेपाल सरकारले जनताको लोकतान्त्रिक अधिकारको बिरोध र प्रदर्शन गर्न पाउने जुन संवैधानिक अधिकार हो त्यसलाई रक्षा गर्नको लागि हामी सुरक्षा निकाय जो फ्रन्ट लाइनमा खटिनेछौँ, हामीलाई स्पष्ट निर्देशन भएको छ, कार्यक्रमलाई कसरी सुरक्षित बनाउन सकिन्छ रु कसरी व्यवस्थित बनाउन सकिन्छ रु कसरी मर्यादित बनाउन सकिन्छ रु ताकि सरकारले यस्ता बिरोधका कार्यक्रममा आफ्ना राज्यका एजेन्सी छन्, ति मार्फत सुरक्षा प्रवन्ध जुन छ, त्यसलाई विश्वसनीय र भरपर्दो बनाएर आम नागरिको जुन चासो र संशय छ, समाधान गर्ने भन्ने हाम्रो निर्देशन भएको छ । त्यसअनुसार प्रवन्ध गरेका छौँ ।
त्यसका लागि हामी सचेत पनि छौँ । आम नागरिकहरुलाई म कुनै पनि संशय बिना आफ्ना दैनिकीहरु चाहे कार्यालय होस्, चाहे विद्यालय होस् वा अरु कुनैपनि व्यवसाय गर्नको लागि ढुक्क भएर काम गर्नुहोस् । प्रहरी परिचालन हामी प्रभावकारी रुपमा तयारी गरेका छौँ । कसैले पनि शंका गरेर नडराउनु भए हुन्छ । प्रदर्शन गर्ने क्रममा सवारी आगमनमा केही अवरोध हुनसक्छ, त्यसमा ट्राफिक प्रहरीको सहयोगमा व्यवस्थापन गर्नेछौँ । आफ्नो पेशा र दैनिकीमा जानेहरुलाई कुनैपनि अवरोध हुने छैन । अत्यावश्येक सेवा सुचारु गर्न हाम्रा सबै शक्तिहरु परिचालन गरेका छौँ । काठमाडौंका ९० भन्दा बढी ठाउँमा हाम्रा मोबाइल, तयारी अवस्थामा रहनेछन् ।’