बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने घटनास्थलमा पुगेका छन् ।
घटनास्थलमा पुगेर लामिछानेले आगलागी र त्यहाँ राखिएका सामानबारे जानकारी लिएका छन् ।आगो अझै नियन्त्रणमा आएको छैन भने १० वटा दमकल र ट्यांकरको सहायताले आगो निभाउने प्रयास भइरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले सञ्चारमाध्यमलाई बताए ।एपिएफ अस्पतालसँगै रहेको बहुउद्देश्यीय भवनमा विद्युत् चुहावट भएर आगलागी भएको अनुमान गरिएको छ भने क्षतिको यकिन विवरण आएको छैन । स्टोरमा लत्ताकपडा र बुट लगायतका सामान राखिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।