logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

आज प्रतिनिधिसभा बैठक बस्दै


अंकुरण खबर
2.158K
Shares

प्रतिनिधिसभाको बैठक आज बस्दै छ।बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । त्यसैगरी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यद्यपि गृहमन्त्री लामिछानेमाथि छानबिन समिति बनाउनुपर्ने बताउँदै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उनलाई रोष्टममा जान नदिने अडान छाडेको छैन। यता उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।