logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

राष्ट्रियसभा उपाध्यक्षमा एमाले र कांग्रेसबाट उम्मेदवारी दर्ता


अंकुरण खबर
1.469K
Shares

राष्ट्रिय सभा उपाध्यक्षमा नेकपा एमालेको तर्फबाट विमला घिमिरेले उम्मेदवारी दर्ता गराएकी छन्।
संसद भवन बानेश्वरमा पुगेर विमला घिमिरेले उम्मेदवारी दर्ता गराएकी हुन् भने घिमिरेलाई सत्ता गठबन्धनको पनि समर्थन छ। यद्यपि, माधव नेपाल नेतृत्वको नेकपा एसले दाबी छाडेको छैन।त्यसबारेमा तीन कम्युनिस्ट पार्टीका नेताहरुबीच सहमतिको प्रयास पनि जारी छ ।
त्यस्तै नेपाली कांग्रेसबाट विष्णुदेवी पुडासैनीले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएकी छन् । आज बिहान कांग्रेस संसदीय कार्यसमितिको बैठकले पुडासैनीलाई उपाध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । ७६ वर्षीया पुडासैनी गत माघमा बागमतीमा महिला क्लष्टरबाट राष्ट्रियसभामा निर्वाचित भएकी थिइन् ।
राष्ट्रियसभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन यही चैत २८ गते हुँदैछ ।