काठमाडौँबाट म्याग्दीको दरबाङका लागि छुटेको ग २ ख १६३० नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
पोखरा महानगरपालिका-२५ सुईखेतमा आज बिहान ३ बजेको आसपासमा दुर्घटना भएको सशस्त्र प्रहरी बल कालिका गण कास्कीले जनाएको छ। बस सडक डिभाइडरमा ठोकिएर दुर्घटना भएको थियो। सशस्त्र प्रहरीको उद्वार टोली र नेपाल प्रहरीले ८ जना घाइतेलाई उद्धार गरी उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाएको छ । बसमा ३१ जना यात्रु सवार थिए ।