logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

यस्तो छ आजको मौसम


अंकुरण खबर
1.781K
Shares

नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया आंशिकदेखि सफा रहेको छ। आज दिउँसो सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखी मौसम मुख्यतया सफा रहनेछ।दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागको थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।