logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

महानगरका दुई इन्जिनियर पक्राउ


अंकुरण खबर
1.313K
Shares

पोखरा महानगरपालिकाबाट घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिँदा घूस लिएको अभियोगमा दुई इन्जिनियरलाई पक्राउ गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले महानगरका इन्जिनियर शिवराज बराल र सब इन्जिनियर उषा किरण रोकायालाई पक्राउ गरेको हो । बराललाई मङ्गलवार साँझ र रोकायालाई चैत २८ गते पक्राउ गरिएको अख्तियार पोखराका उपसचिव जगदीश सिवाकोटीले जानकारी दिनुभयो । बराल र रोकाया दुवै घर नक्सा शाखामा कार्यरत हुनुहुन्छ । अख्तियारले चैत २८ गते सोही घटना संलग्नताको आरोपमा गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई पनि पक्राउ गरेको थियो ।रोकाया र कुँवर सेवाग्राहीबाट लिएको एक लाख ५० हजार रुपैयाँ घूससहित रंगेहात पक्राउ परेका थिए । उनीहरूले एउटै घरको नक्सा पास गर्न पटक पटक घूस लिएको खुलेको अख्तियारले जनाएको छ । पक्राउ परेका तीनै जनालाई अख्तियारको केन्द्रीय कार्यालय टंगाल पठाइएको सूचना अधिकारी सिवाकोटीले जानकारी दिनुभयो ।