logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आगलागीमा परी वृद्धको मृत्यु


अंकुरण खबर
1.716K
Shares

दाङमा एक वृद्धको जलेर मृत्यु भएको छ।
मृत्यु हुनेमा लमही नगरपालिका-९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटे रहेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिए।श्रेष्ठका अनुसार बिहीबार राति बालबालिका सलाईसँग खेल्ने क्रममा खरको छाना छाएको जितबहादुर बोटेको घरमा एक्कासि आगलागी भएको थियो। त्यहाँबाट फैलिएको आगो नजिकैको वीरबहादुरको घरसम्म पुगेको थियो। यही क्रममा घरमा रहेका सरसामान जोगाउने क्रममा वीरबहादुरको जलेर मृत्यु भएको हो।आगलागीमा परी दुई घर र एक गोठ जलेर पूर्णरूपमा नष्ट भएको प्रहरी प्रमुख श्रेष्ठले बताए। यस्तै, घरमा रहेका खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा पनि नष्ट भएका छन्।स्थानीय, जनप्रतिनिधि, प्रहरी र लमही, गढवाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।