logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जीप दुर्घटना हुदाँ १० जना घाइते


अंकुरण खबर
1.092K
Shares

काभ्रेपलाञ्चोकको कोशीपारिमा रहेको चौरीदेउराली गाउँपालिकाको कात्तिके देउरालीबाट बनेपातर्फ आउँदै गरेको ना १ ज ६२९१ नम्बरको जीप भुम्लु गाउँपालिका–५ मुलाबारीमा दुर्घटना भएको छ ।
आज बिहान भएको दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र कोलातीमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ ।जीप अनियन्त्रित भई सडकबाट तल खसेको थियो । गाडीमा आठ जना महिला र दुई जना पुरुष रहेका थिए ।