कतारका राजा शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् ।
नेपालको दुई दिने राजकीय भ्रमण सकेर थानी बुधबार दिउँसो स्वदेश फर्किएका हुन् ।उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरे ।थानीले भ्रमणका क्रममा राष्ट्रपति पौडेल, प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन् ।साथै, भ्रमणका अवसरमा दुई देशबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ ।