धनुषाको औरही गाउँपालिकामा प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ ।
औरही गाउँपालिका–१ पौडेश्वरस्थित सडक खण्ड अवरुद्ध गरेर प्रदर्शन गरिरहेका स्थानीयलाई हटाउन खोज्दा प्रहरीसँग झडप भएको हो । उक्त झडपमा ३ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । स्थिति तनावग्रस्त बनेपछि प्रहरीले ९ सेल आश्रुग्यास प्रहार गरेको थियो ।