logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

इलाम-२ मा मतदान जारी


अंकुरण खबर
1.638K
Shares

इलाम -२ मा प्रतिनिधिसभा सदस्यका लागि मतदान जारी छ ।
इलामका सहायक निर्वाचन अधिकृत इन्द्र श्रेष्ठले सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको बताएका छन् ।

इलाम-२ का ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा अहिले मतदान भइरहेको उनले बताए । तर, मतदान केन्द्रमा विगतजस्तो बिहानै भोट हाल्न आउनेको भिड छैन । देउमाई नगरपालिका-१ को सिंह बसन्त आधारभुत विद्यालयको मतदान केन्द्रमा फाटफुट्ट मात्रै मतदाता आइरहेका छन् ।

१ हजार १ सय १२ मतदाता रहेको केन्द्रमा हालसम्म १ सय मत खसेको छ । इलाममा १ लाख १५ हजार ८८९ मतदाता रहेका छन् । इलाम-२ मा प्रतिनिधिसभा सदस्यका लागि १८ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।