logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निर्वाचन अपडेट: इलाममा २२ प्रतिशत मतदान


अंकुरण खबर
1.274K
Shares

इलाम -२ को उपचिर्वाचनमा २२ प्रतिशत मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बिहान ११ बजेसम्म २२ प्रतिशत मतदान भएको बताए । विभिन्न केन्द्रहरुमा कुनैमा २० त कुनैमा २४ प्रतिशतसम्म मत खसेको घिमिरेले बताए । उनले भने, ‘कुनैमा १८/ २० त कुनैमा २२/ २४ प्रतिशत मत खसेको अनुमान गरिएको छ ।’

इलामको दिउँसोको मौसम धेरै गर्मी नहुने देखिएपछि अधिकांश मतदाता दिउँसो मत हाल्न मतदान केन्द्रमा जाने आंकलन गरिएको छ ।

इलाम-२ मा सुवास नेम्वाङको निधन भएपछि प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।