logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

५७ प्रतिशत मत खस्यो,आजै रातिदेखि मतगणना गर्ने तयारी


अंकुरण खबर
1.326K
Shares

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा ५७ प्रतिशत मत खसेको छ ।​

करिब ६६ हजारले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ५७ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जनाइएको छ । कुल मतदाता १ लाख १५ हजार ८८९ रहेको यो क्षेत्रमा १९ उम्मेदवार चुनावी मैदानमा छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मतपेटिका संकलन गरेपछि रातिदेखिनै मतगणना गरिनेछ ।मतपेटिका भेला गरी सकेपछि सर्वदलीय बैठक बसेर मतगणनाको निर्णय गर्ने तयारी छ ।