शनिबार सम्पन्न इलाम– २ को उपनिर्वाचनको मत गन्ने तयारीका लागि सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठक आइतबार बिहान ७ः५० बजेतिर शुरू भएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । बैठक सकिएपछि मतगणना शुरू हुने जनाइएको छ ।
सबै मतदान केन्द्रबाट मतपेटिकाहरू भने राति नै इलाम बजारस्थित गौतम बुद्ध सभाहलमा ल्याइसकिएको छ । मतगणनास्थल भने शनिबार नै तयारी अवस्थामा राखिएको थियो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको प्रजिअ यादवले बताए । मतगणनास्थलमा तारले घेरेर सीसीटीभी जडानसमेत गरिएको छ ।