logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु


अंकुरण खबर
1.924K
Shares

त्रिवेणी गाउँपालिका-२ सिम्रुत बजारमा ट्रकले ठक्कर दिदाँ मोटरसाइकलमा सवार एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

आज बिहान भएको यो दुर्घटनामा परी त्रिवेणी-७ खाराका जयबहादुर गिरीको ज्यान भएको हो ।

विपरीत दिशाबाट आएको रा १ ख ३२१७ नम्बरको ट्रकको ब्रेक फेल भइ रा ६ प ८५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गिरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रष्ठले जानकारी दिए ।