logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

गाई काटेको आरोपमा काभ्रेबाट ३ जना पक्राउ


अंकुरण खबर
1.196K
Shares

गाई काटेर बोरामा मासु बोकेर हिँड्दै गरेको आरोपमा काभ्रेबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

सोमबार साँझ धुलिखेल नगरपालिका-१२ ठूलीचौर जंगलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका-११ जिमिरेका ५६ वर्षीय इन्द्र बहादुर तामाङ, काभ्रेकै चिल्ले घर भएकी ३५ वर्षीया शान्ता लामा र झापा घर भई काभ्रेको डाँडा कटेरी माइत भएकी २६ वर्षीया ठूली तामाङ छन्।

ठूलीचौर जंगलमा गाई काटेर बोरामा मासु लिएर नमोबुद्ध-११ तर्फ आउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनास्थलबाट गाईको छाला र खुट्टाहरु पनि बरामद भएको प्रहरीको भनाई छ। नेपालको संविधानले गौहत्यालाई निषेध गरेको छ।