logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बेहोस भएर काका भतिजको मृत्यु


अंकुरण खबर
1.287K
Shares

भक्तपुरमा इनार खन्ने क्रममा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रामेछापको उमाकुण्ड गाउँपालिका–४ प्रिति घर भएका २८ वर्षीय सन्देश सुनवार र ४६ वर्षका दिपक सुनुवार छन्। उनीहरू काका भतिज हुन्।

चाँगुनारायण नगरपालिका–४ स्थित खनालचोकमा इनार खन्दा ५५ फिट तल पुगेपछि बेहोस भएर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले बताए। उनीहरू त्यहाँ टहरो बनाएर बस्दै आएका थिए।

प्रहरीको विपद् व्यवस्थापन महाशाखाको टोली र सशस्त्र प्रहरीको उद्धार टिमले उनीहरुलाई इनारबाट निकालेर भक्तपुर अस्पतालमा पठाएको थियो। अस्पतालले उनीहरुलाई मृत घोषणा गरेको डीएसपी कार्कीले बताए।